गृहपृष्ठ ∕ समाचार ∕ रक्सी खाएर सर्वसाधरणलाई धम्क्याउने नेपाली सेनाका मेजर बर्खास्त रक्सी खाएर सर्वसाधरणलाई धम्क्याउने नेपाली सेनाका मेजर बर्खास्त दीप संञ्चार माघ ७, २०७८ गते १३:३३ मा प्रकाशित काठमाडौँ -नेपाली सेनाका एक जना सेनानी ९मेजर० बर्खास्त भउका छन् । मादक पदार्थ सेवन गरेर सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहार गरेको अभियोगमा ती मेजरलाई बर्खास्त गरिएको हो ।नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाहीलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश दिएको हो। सैनिक ऐन, २०६३ विपरितको गतिविधि गरेकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई सेवाबाट हटाउने आदेश भएको बताइएको छ ।सैनिक ऐनमा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ ।मादक पदार्थ सेवन गरेर ब्यारेकबाट बाहिर निस्किएका शाहीले २५ असोजमा राति कैलालीको चिसापानीस्थित हर्कबहादुर रावलको होटलमा जबरजस्ती प्रवेश गरेर धम्क्याएका थिए । रावलले उनलाई होटल बन्द भइसकेको भन्दै रोक्न खोजेका थिए तर उनले आफू सेनाको मेजर भएको बताउँदै धम्क्याएका थिए ।त्यहाँबाट ब्यारेकतिर फर्किएका मेजर शाही निजी गाडीमा राति नै हतियारसहितको सैनिक लिएर चिसापानी बजार गएका थिए । र, होटल सञ्चालकलाई ठीक पार्ने भन्दै हिँडेका थिए । त्यसपछि आक्रोशित भिडले उनी सवार गाडीमा तोडफोड गरेको थियो भने मेजर शाहीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले नियन्त्रणमा लिएको थियो ।घटनाबारे छानविनका लागि जंगीअड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेर अनुसन्धान थालेको थियो । एक जना महासेनानीको अध्यक्षतामा गठित समितिले छानविन गरेर उनी दोषी रहेको निष्कर्ष निकालेको थियो ।त्यसको आधारमा सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठिन समरी जनरल सैनिक अदालतले शाहीलाई बर्खास्त गर्ने आदेश सुनाएको हो ।क्याटेगोरी : समाचारट्याग : #Breakig, #बर्खास्त तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल