गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द दीप संञ्चार पुस २१, २०७८ गते १६:४७ मा प्रकाशित दाङ — दाङको तुलसीपुर क्षेत्रमा पछिल्लो तीन दिनमा कोरोनाको संख्यामा वृद्धि भएको छ । तुलसीपुरमा तीन दिनको अवधीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।कोरोना फोकल पर्सन केसीका अनुसार मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट विधिबाट गरिएको परीक्षणमा आश्वारा माविका थप चार जना शिक्षक र ६ जना विद्यार्थी तथा एक व्यापारी थप ११ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारमात्रै यस विद्यालयका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण पुष्टि भएको थियो ।त्यस्तै मंगलबार १०६ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो । शिक्षक र विद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठन पाठन बन्द गरिएको छ । संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ का २ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ७ का १ जना छन् । संक्रमितहरू सबैमा सामान्य लक्षण देखिएको छ ।२५ जनामा कोरोना संक्रमण पुष्टि भएपनि २ जनालाई अस्पतालमा र अन्य २२ जना होम आइसोलेसनमा रहेको केसीले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ