गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए राष्ट्रिय अध्यक्षहरूको भेला : तत्काल निर्वाचनको माग एनआरएनए राष्ट्रिय अध्यक्षहरूको भेला : तत्काल निर्वाचनको माग दीप संञ्चार मंसीर १६, २०७८ गते ७:३४ मा प्रकाशित काठमाडौँ गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन माग गरेका छन् ।गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बुधबार आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामा बोल्ने बक्ताहरूले यस्तो माग गरेका हुन् ।गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष छलिलाल कँडेलले संघमा देखिएको विवादले विदेशमा रहेका नेपालीमा विभाजन ल्याएको बताए । उनले संघभित्र देखिएको समस्याले एनआरएनएप्रति वितृष्णा भएको बताए ।एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले एकले अर्कोलाई हिलो छ्याप्ने काम नगर्न आग्रह गरे । उनले संघको केन्द्रीय समिति र एनसीसीबीच समन्वय हुनु पर्नेमा जोड दिए । उनले संघको विवाद टुंग्याएर तत्काल चुनाव गर्न माग गरे ।एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्ताफाले संघको १०औँ महाधिवेशन चाडो भन्दा चाडो हुनु पर्नेमा जोड दिए । उनले संघका अधिकांस राष्ट्रिय समिति तत्काल विवाद मिलाएर निर्वाचनमा जानु पर्ने पक्षमा रहेको बताए ।गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संघको नेतृत्वलाई सबै पक्षलाई समेटर लैजना सुझाव दिए ।संघका सल्लाहकार विश्वआर्दश पण्डितले नयाँ निर्वाचन समिति गठन गरेर छुट्टै निर्वाचन घोषणा गर्न आग्रह गरे ।गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि २६ डिसेम्बरमा मिति तय भएको छ । नेतृत्वका लागि डा। बद्री केसी, रविना थावा र कुल आचार्य चुनावी मैदानमा छन् ।क्याटेगोरी : समाचारट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप