गृहपृष्ठ ∕ समाचार ∕ दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति दीप संञ्चार मंसीर ९, २०७८ गते ८:०१ मा प्रकाशित काठमाडौँबसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई रु नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् ।मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित करिब आधा घण्टा पृथ्वीराजमार्ग अवरुद्ध गरेपछि त्रिपक्षीय वार्ता बसेको थियो । मृतकका परिवारलाई दुर्घटना बीमाबापत रु पाँच लाख र चालकको लापरबाहीका कारण युवा नेताको मृत्यु हुन पुगेकाले चालकका तर्फबाट रु चार लाख गरी कूल नौ लाख क्षतिपूर्ति दिने सहमति भएको हो ।मङ्गलबार डुम्रे बेँसीशहर सडकखण्डमा पर्ने तनहुँको भानु नगरपालिका–१ भन्सारमा बसको ठक्करबाट स्कुटर चालक विद्यार्थी नेता २४ वर्षीय सुवर्ण देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसका चालकको लापरबाहीका कारण सोही दिशामा गुडिरहेको बा४५प २३८ नम्बरको स्कुटर चालक विद्यार्थी नेताको मृत्यु भएको हो ।बसका चालकको चरम लापरवाहीका कारण विद्यार्थी नेता देवकोटाको मृत्यु भएको भन्दै मृतकका आफन्तजनले शब बुझेका थिएनन् । सहमतिपश्चात् बुधबार साँझ आफन्तजनले शव बुझेर दाहसंस्कारका लागि पालुङटार नै लगेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप