गृहपृष्ठ ∕ समाचार ∕ आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी दीप संञ्चार कात्तिक ३०, २०७८ गते १७:४८ मा प्रकाशित काठमाडौँचीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि चिनियाँ राष्ट्रपतिले अर्को चेतावनी दिएका हुन् । सौहार्दपूर्ण वातावरणमा सुरु भएको बाइडेन–सी भर्चुअल बैठक ताइवान मुद्दामा प्रवेश गरेपछि तनाबमय बनेको थियो ।अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै बाइडेनले ताइवानलाई हस्तक्षेप नगर्न राष्ट्रपति सीलाई चेतावनी दिएका थिए । ‘ताइवानको शान्ति र स्थिरतामा खलल पार्ने जुन सुकै गतिविधिको अमेरिकाले खुलेर बिरोध गर्छ,’ अमेरिकी राष्ट्रपति कार्यलयले ह्वाईट हाउसले भनेको छ ।एक चीन नीति चीन–अमेरिका सम्बन्धको आधारशिला रहेको छ । यही नीतिमा अडेर अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रूपमा हेर्दै आएको छ ।तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । यति हुँदा हुँदै पनि अमेरिका ताइवान रिलेसन एक्टप्रति प्रतिबद्ध छ जसअनुसार उसमाथि आक्रमण भएको अवस्थामा अमेरिकाले जुनसुकै बेला ताइवानको रक्षा गर्नेछ । गत साता मात्र बाइडेनले चीनले ताइवानलाई हमला गरेमा अमेरिकाले प्रतिकार गर्ने बताएका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति