गृहपृष्ठ ∕ समाचार ∕ आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी दीप संञ्चार कात्तिक ३०, २०७८ गते १७:४८ मा प्रकाशित काठमाडौँचीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि चिनियाँ राष्ट्रपतिले अर्को चेतावनी दिएका हुन् । सौहार्दपूर्ण वातावरणमा सुरु भएको बाइडेन–सी भर्चुअल बैठक ताइवान मुद्दामा प्रवेश गरेपछि तनाबमय बनेको थियो ।अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै बाइडेनले ताइवानलाई हस्तक्षेप नगर्न राष्ट्रपति सीलाई चेतावनी दिएका थिए । ‘ताइवानको शान्ति र स्थिरतामा खलल पार्ने जुन सुकै गतिविधिको अमेरिकाले खुलेर बिरोध गर्छ,’ अमेरिकी राष्ट्रपति कार्यलयले ह्वाईट हाउसले भनेको छ ।एक चीन नीति चीन–अमेरिका सम्बन्धको आधारशिला रहेको छ । यही नीतिमा अडेर अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रूपमा हेर्दै आएको छ ।तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । यति हुँदा हुँदै पनि अमेरिका ताइवान रिलेसन एक्टप्रति प्रतिबद्ध छ जसअनुसार उसमाथि आक्रमण भएको अवस्थामा अमेरिकाले जुनसुकै बेला ताइवानको रक्षा गर्नेछ । गत साता मात्र बाइडेनले चीनले ताइवानलाई हमला गरेमा अमेरिकाले प्रतिकार गर्ने बताएका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप