सल्यान बस दुर्घटना अपडेटः गम्भिर घाइतेलाइ हेलिकोप्टरबाट उद्दारको तयारी (घाइतेको नामावली)
दाङ – सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।ना २ ख २५५२ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको छ।
‘घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ,’ डिएसपी थापाले भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको र जिल्ला अस्पतालमा एक जनाको पनि मृत्यु भएको खबर छ।’ थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।
घाइतेहरूको तुलसिपुर, सल्यानको श्रीनगर र जिल्ल अस्पताल सल्यानमा उपचार भैरहेको छ । अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ । गम्भिर ङाइतेहरूलाइ हेलिकोप्टरबाट उपचारका लागी बाहिर पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताउनुभयो । घाइते मध्ये शानपा २ की २६ वर्षिय शिजन खान, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, शानपा २ का ४९ वर्षिय टोपेन्द्र वली, तुलसिपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुलसिपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुलसिपुर वेलवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिरा कुमारी वोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ । उनिहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
घटनाको थप विवरण अाउन बाँकी छ ।
‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्याउँदै छौं।’ बसमा ३६ जना यात्रु रहेको बताइएको छ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागी छुटेको आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।
क्याटेगोरी : समाज
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
 - २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
 - ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
 - ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
 - ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
 - ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
 - ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
 - ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
 
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
 - कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
 - एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
 - ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
 - नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
 - गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
 - एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
 - एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
 
तपाईको प्रतिक्रिया दिनुहोस