गृहपृष्ठ ∕ समाचार ∕ प्रेस युनियनको नवौं महाधिवेशन मङ्सिर २८ र २९ गते काठमाण्डौंमा प्रेस युनियनको नवौं महाधिवेशन मङ्सिर २८ र २९ गते काठमाण्डौंमा दीप जङ्ग शाह साउन २३, २०७६ गते ०:२३ मा प्रकाशित काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।युनियनले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको महासचिव शिवाकोटीले जानकारी दिए ।यसैगरी बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको छ ।बैठकले दुवै मिर्गौला फेल भई उपचाररत युनियनका ललितपुर शाखा संस्थापक अध्यक्ष बटुकृष्ण कार्कीको उपचारका लागि सक्दो सहयोग गर्न सबै शाखाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल