गृहपृष्ठ ∕ राजनीति ∕ लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह दीप संञ्चार कात्तिक ८, २०७८ गते १९:५९ मा प्रकाशित काठमाडौँ –अर्थमन्त्री जनार्दन शर्माले फ्रान्सेली राजदूत गिल्लिज् बौरबाओसँग लगानीका लागि सहजीकरणको आग्रह गरेका छन् ।सोमबार राजधानीमा राजदूत बौरबाओसँग शिष्टाचार भेट गर्दै मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानीका लागि उर्वर रहेको र यसमा लगानी गर्न चाहने फ्रान्सेलीहरुलाई सहजीकरण गरिदिन आग्रह गरे ।यसका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकार हरदम तयार रहेको मन्त्री शर्माले राजदूत बौरबाओलाई विश्वस्त पारे । उक्त भेटका क्रममा राजदूत बौरबाओ र मन्त्री शर्माबीच कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुनःनिर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने