गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ अंकित रावल कात्तिक ६, २०७८ गते २१:४० मा प्रकाशित दाङ — दाङको तुल्सीपुरमा रहेको लक्ष्मीवास बचत तथा ऋण सहकारी संस्था लि. र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ भएको छ। महिलाहरुलाई पैसाको महत्व र त्यसको उपयोगिता बुझाउनका लागि ‘शान्ति र सुरक्षामा महिला’ नामक एक महिने कार्यक्रम शुभारम्भ भएको हो।नेपालमा पैसा नभएर भन्दा पनि पैसाको प्रभावकारी परिचालनको अभावका कारण पनि आम गरिबी हालसम्म पुस्तान्तरण हुँदै आएको भन्दै त्यसको न्यूनीकरणका लागि वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय समाबेशीकरण आजको प्रमुख आवश्यकता रहेको कुरा तुल्सीपुर उपमहानगरपालिका ७ का वडा अध्यक्ष टोप बहादुर के. सी. ले बताए ।अहिले सम्म पनि महिलाहरु घरको काममा मात्र गर्ने नभइ आफूसङ्ग भएको थोरै पैसालाई अधिकतम प्रयोग गरि आफ्नो दैनिक आर्थिक अवस्था सुधार गर्नका लागि वित्तीय साक्षरता आधारभूत आवश्यकता महसुस गरेकोले यस कार्यक्रमको सुरुवात गरेका छौ र यस कार्यक्रमले सोछे अनुसारको काम उदेश्य हासिल गर्ने कुरामा पनि बिश्वस्त रहेको कुरा उक्त सहकारीको महासचिव सुधा हमालले स्वागत मन्तब्यका क्रममा व्यक्त गरेको थिइन।उक्त सहकारीको वालवचत संयोजक यसोदा वलीले सो कार्यक्रमको उदेश्य, महत्त्व तथा सहकारीको बारेमा बोल्दै कार्यक्रम तुल्सीपुर उपमहानगरपालिकाको वडा नम्बर ७ बाट शुभारम्भ भएपनी तुल्सीपुरका सबै आवश्यक क्षेत्रमा यो कार्यक्रम एक महिना सम्म सञ्चालन गर्ने कुरा व्यक्त गरेको थिइन।तुल्सीपुर उ.म.न.पा -७ का वडा अध्यक्ष श्री टोप बहादुर के.सीको प्रमुख आतिथ्यमा र लक्ष्मीवास बचतऋण सहकारीको का.वा अध्यक्ष कुम्भ कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन जमुना बुढाथोकीले संचालन गरेको थिइन भने सहजकर्ता द्वय सृजना दहाल अधिकारी र दिनेश शाहले तालिमको बारेमा सहभागी महिला दिदिबहिनीहरूलाई जानकारी दिएका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #News तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप