गृहपृष्ठ ∕ समाचार ∕ ‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’ ‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’ दीप संञ्चार असोज १२, २०७८ गते ७:५२ मा प्रकाशित काठमाडौँ –चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् ।गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने विकल्पबारे सोच्न थालेका छन् स्थानीय ।रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुमका–११ वर्षीय स्वर्णिम तामाङ त्यही धाराको टुटीमा झुन्डिएर खेल्थे । धारामा पानी आउन छाडेपछि हरेक दिनजसो स्वर्णिम बालाई सोध्छन्, ‘बा हाम्रो धारामा किन पानी नआएको रु’ प्रेम तामाङ छोराको प्रश्न सुन्छन् र पानीको मुहानै सुकेको जवाफ दिन्छन् ।स्वर्णिम त्यतिमै रोकिँदैनन् । उनी फेरि प्रश्न गर्छन्, ‘किन मुहान सुकेको रु’ त्यसको जवाफ दिन नसक्दा उनका बाबु हैरान छन् । उनको बुझाइमा पानीको मुहान सुक्नुमा स्थानीय देवी रिसाएकी छन् । छोरा त्यतिमै रोकिँदैनन् । अर्को प्रश्न गर्छन्, ‘देवी किन रिसाएको त रु’ बालाई दिक्क लाग्छ । ‘चुप लाग जा खेल्न’ भन्दै गाग्री बोकेर पानी लिन जान्छन् ।खाँडादेवी गाउँपालिका–६ माकादुमका स्थानीयले यो समस्या भोगेको अहिले दुई वर्ष भइसक्यो । पछिल्लो पाँच वर्षदेखि धारामा पानी कम आउने थालेको थियो । दुई वर्षदेखि भने उनीहरूको धारामा पानी आउनै छाड्यो । यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने