गृहपृष्ठ ∕ राजनीति ∕ देउवाको गृहजिल्ला डडेल्धुरामा नगरसभापति बन्ने २८ वर्षिय युवा देउवाको गृहजिल्ला डडेल्धुरामा नगरसभापति बन्ने २८ वर्षिय युवा दीप संञ्चार असोज १०, २०७८ गते २०:४० मा प्रकाशित काठमाडौँ –नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सातवटै पालिकाको अधिवेशनबाट पालिका सभापतिहरुमा युवाहरुको वर्चश्व देखिएको छ ।परशुराम नगरपालिकामा २८ वर्षिय भरत बडायर जोशी नगरसभापतिमा बिजयी भएका छन् । पालिका अधिवेशनमा खसेको कुल दुई सय मतमध्ये उनले १ सय ४८ मत र प्रतिस्पर्र्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत प्राप्त गरेका थिए । ४ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए ।निर्वाचन अधिकृत बमकाअनुसार भागेश्वर गाउपालिका सभापतिमा डम्बरराज जोशी विजयी भएकाछन् । उनले कुल ८४ मत मध्ये ५६ र प्रतिपस्पर्धी लालबहादुर मडैले २५ मत प्राप्त गरेको र २ मत बदर भएको छ ।अजयमेरु गाउँपालिका सभापतिमा कुल खसेको १०४ मतमध्ये ८४ प्राप्त गरि टेकराज पाण्डेय बिजयी भएकाछन् । उनले प्रतिस्पर्धी निवर्तमान पालिका सभापति कर्णबहादुर मल्लले १९ मत प्राप्त गरेको र १ मत बदर भएको बताइएको छ ।आलिताल गाउँपालिका सभापतिमा चन्द्रदेव बोहरा ६९ प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी धनबहादुर देउवाले ५९ मत प्राप्त गरेका थिए। कुल १ सय ३१ मत खसेको र ३ मत बदर भएको छ । गन्यापधुरा गाउँपालिका सभापतिका लागि खसेको कुल ८५ मतमध्ये ४७ मत प्राप्त गरी ईन्द्रबहादुर कार्की विजयी भएकाछन् । उनका प्रतिस्पर्धी दलबहादुर भाटले ३८ मत प्राप्त गरेका थिए ।अमरगढी नगरपालिकाको सभापतिमा खेमराज भट्ट (मायालु) र नवदुर्गा गाउँपालिकाको सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत बमले बताए । नेपाली काँग्रेस जिल्ला सभापति कर्ण मल्ल पक्षका नेताहरुले भने वडा अधिवेशन बैधानिक नभएको र वडा अधिवेशनसहित क्रियाशील सदस्यता विवाद समाधान गर्नुपर्ने भन्दै रिले अनशन बसिरहेकाछन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप