एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा
काठमाडौँ –
गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।
पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस्थाको छवि बिग्रिएको छ । आफ्नो कार्यकालमा म व्यक्तिगत स्वार्थ हावी हुन दिने छैन र संस्थाको छवि सुधार्नेछु,’ उनले भने ।
आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा आचार्यले गरे ।
पर्वतमा जन्मिएका आचार्य लण्डन बसेर व्यवसाय गर्छन् । उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए । दशौं महाधिवेशनमा बद्री केसी र रविना थापा पनि अध्यक्षको उम्मेदवार छन् । केसी विद्यमान कार्यसमितिमा अध्यक्ष छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस