गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि… प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि… दीप संञ्चार असोज ६, २०७८ गते २१:०९ मा प्रकाशित काठमाडौँ –मंगलबार अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला सामाजिक सञ्जालमा फैलियो। विशेषगरी दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा यो अफवाह तीव्र गतिमा फैलियो।प्रशान्तको मृत्युको हल्लाले उनका प्रशंसकलाई दुःखी तुल्यायो। हल्ला निकै फैलिएपछि प्रशान्त र उनकी पत्नी मार्था तामाङले यसबारे टिप्पणी गर्दै अवस्थाबारे जानकारी गराएका छन्। उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन्।‘सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु। मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ। मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद,’ उनले लेखेकी छिन्।त्यस्तै, आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि यसबारे प्रतिक्रिया दिएका छन्। ‘मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले लेखेका छन्।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ