गृहपृष्ठ ∕ राजनीति ∕ डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय दीप संञ्चार असोज ५, २०७८ गते २१:३२ मा प्रकाशित काठमाडौँ –सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद् नारायण खड्का परराष्ट्रमन्त्री बन्ने लगभग पक्का भएको छ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको बालुवाटार श्रोतले बताएको हो ।प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने अडान लिँदै आएका छन् ।नेपाली कांग्रेसबाट नेता बालकृष्ण खाँणले गृह मन्त्रालय सम्हालिरहेका छन् । र, नेता ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् ।नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा अर्थमन्त्री र नेतृ पम्फा भुसाल उर्जामन्त्री भएकी छिन् । यस्तै साउन १० गतेमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । त्यसबाहेक अरु सबै मन्त्रालय देउवाकै जिम्मामा छन् ।सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने र अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको गठबन्धनका एक नेताले बताएका छन् ।उनका अनुसार परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले बुधबार पद तथा गोपनीयताको शपथ लिने बालुवाटार श्रोतको भनाई छ ।अरु मन्त्रालय भागबण्डाबारे छलफल गर्न बुधबार फेरि बैठक बस्ने नेताहरूले बताएका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने