गृहपृष्ठ ∕ समाचार ∕ जाँदाजाँदै एमसीसी उपाध्यक्ष फातिमा सुमारले के भनिन् ? जाँदाजाँदै एमसीसी उपाध्यक्ष फातिमा सुमारले के भनिन् ? दीप संञ्चार भदौ २७, २०७८ गते २२:०५ मा प्रकाशित काठमाडौँ –अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार स्वेदश फर्किएकी छिन्। नेपालबाट बिदा हुँदै गर्दा उनले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन्।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन्।उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन्। उपाध्यक्ष सुमारले अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुने आशा पनि व्यक्त गरिन्।एमसीसी सम्झौता पारितका लागि पहल गर्न सुमार गत बिहीबार काठमाडौं आएकी थिइन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, मन्त्रीहरु जनार्दन शर्मा, पम्फा भुसाल लगायतसँग भेट गरेकी थिइन्।नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणसँग सम्बन्धित ५० मिलियन अमेरिकी डलर राशीको अनुदानका लागि अमेरिकासँग एमसीसी सम्झौता भएको थियो तर उक्त सम्झौता संसदबाट पारित नहुँदा काम सुरु हुन सकेको छैन।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप