गृहपृष्ठ ∕ समाज ∕ आमाको मृत्युको ‘बदला’ लिन ६ जनाको हत्या गरेको खुलासा आमाको मृत्युको ‘बदला’ लिन ६ जनाको हत्या गरेको खुलासा दीप संञ्चार भदौ २६, २०७८ गते १९:३७ मा प्रकाशित काठमाडौँ –संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका आरोपी पक्राउ गरेका छन्। प्रहरीले शनिबार बिहान कार्की परिवारका छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ।आरोपी कार्कीले हत्याको विभिन्न कारणहरु बताएका छन्। आमाको मृत्यु, हेपाई, अपमानजस्ता कारण आफूले हत्या गरेको बयान दिएका छन्। मृतक तेजबहादुर कार्कीका कारण आफ्नी आमाको ज्यान गएको भन्दै उनले बदलास्वरुप हत्या गरेको आशय व्यक्त गरेका छन्। त्यसबाहेक तेजबहादुले आफूलाई हेप्ने गरेको, अपमान गरेको र पागल भन्ने गरेका कारण रिसको आवेगमा हत्या गरेको उनले बताएका छन्।केही समयअघि तेजबहादुरकै घरमा उनकी आमा लडेकी थिइन्। त्यसपछि घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो। १३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँग उनले त्यसैको बदला लिएको हुन सक्ने बताइएको छ।एक जनालाई मात्र सिध्याउन गएका उनी अरुले त्यो घटना देखेपछि लखेटी लखेटी अरुलाई पनि मारेका हुन्। तर बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहा नपाएकाले छाडिदिएका थिए।संखुवासभाको मादी नगरपालिकास्थित उम्लिङमा २१ भाद्रमा एकै परिवारका ६ जनाको हत्या भएको थियो। घरमूली ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए।बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेका थिए। घटनाको ५ दिनपछि प्रहरीले आरोपी युवालई पक्राउ गरेको हो।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै