गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डको गृह जिल्लामै एमसीसी सम्झौता जलाइयो प्रचण्डको गृह जिल्लामै एमसीसी सम्झौता जलाइयो दीप संञ्चार भदौ २२, २०७८ गते २१:३५ मा प्रकाशित काठमाडौँ –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा एमसीसी सम्झौता जलाइएको छ। एमसीसी खारेजी संघर्ष समितिले मंगलबार एमसीसी सम्झौता जलाएको हो।भरतपुरको नारायणगढ बजारस्थित लायन्सचोकमा एक कार्यक्रम गर्दै एमसीसीविरुद्ध विरोध तथा प्रदर्शन गर्दै संघर्ष समितिले एमसीसी सम्झौता जलाएको हो। राष्ट्रघाती सम्झौता हुन नदिन दबाब दिने उद्देश्यका साथ विरोध तथा प्रदर्शन कार्यक्रम गरेको आयोजक एमसीसी खारेजी संघर्ष समितिले जानकारी दिएको छ।मंगलबार युवा संगठन वाईसिएलको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पास नहुने घोषणा गरेका थिए। नेपालले एमसीसी सम्झौताबारे अमेरिकालाई सोधिएको प्रश्नको जवाफ नआएका कारण एमसीसी सम्झौता पास नहुने बताउँदै ढुक्क भएर बस्न भनेका थिए।उता नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बारेमा अफवाह नफैलाउन सांसदहरुलाई निर्देशन दिएका छन्। बुधबारको संसद बैठकमा सबै सांसदलाई उपस्थित हुन पनि उनले निर्देशन दिए। सत्ता साझेदारका दुई शीर्ष दलका शीर्ष नेताले एमसीसीका विषयमा फरकफरक अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ।यसैबीच एमसीसीकी उपाध्यक्ष नेपाल आइपुगेकी छिन्। उनी नेपाल आउने समाचार आएसँगै नेपालमा एमसीसीविरुद्धको प्रदर्शनले तीव्रता पाएको छ। देशैभर विरोध तथा प्रदर्शनका कार्यक्रमहरु भएका छन्। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप