गृहपृष्ठ ∕ समाचार ∕ ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु दीप संञ्चार भदौ १९, २०७८ गते १९:४३ मा प्रकाशित काठमाडौँ –ओखलढुंगा जिल्लामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ ।शनिबार दिउसो सोलु करिडोर प्रशारण लाइनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका १९ वर्षीय निखिल फुयाँलको ज्यान गएको हो । जिल्लाको मान भञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाइनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयाँलको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।ओखलढुंगा प्रहरी निरिक्षक लंक श्रेष्ठका अनुसार विद्युतको तार विस्तारका लागी उनी पोलमा चढेको र अचानक हातमा करेन्ट लागेपछि पोलबाट खसेर ढुंगामा परी उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ