गृहपृष्ठ ∕ समाचार ∕ महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु दीप संञ्चार भदौ १६, २०७८ गते ७:३४ मा प्रकाशित रासस –मेलम्ची इन्द्रावती नदीमा आएको लगातारको बाढीका कारण साउन १७ गतेदेखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिनापछि सञ्चालनमा आएको हो । यसअघि गत असार १ गतेको मेलम्ची इन्द्रावती नदीको बाढीले क्षति पुर्याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेदेखि सञ्चालनमा आएको थियो ।साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा बगाएको दुईवटा टावर महिना दिनभित्रमा अस्थायी पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको केन्द्रका कामु प्रमुख इञ्जीनियर वसन्तलाल कर्णले जानकारी दिए ।गत असार १ गतेको इन्द्रावतीमा आएको बाढीले जलविद्युत् केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पुर्याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुईवटा टावर बगाएको थियो । तिपेनीस्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनःनिर्माण गर्न नसकिएको कर्णले बताए । हिउँदमा गरिने पुनःनिर्माणका लागि थप रु चार करोड खर्च हुने अनुमान छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल