गृहपृष्ठ ∕ समाचार ∕ सप्तकोशीको बहाव ३०० मिटर फैलियो सप्तकोशीको बहाव ३०० मिटर फैलियो दीप संञ्चार भदौ १४, २०७८ गते २१:०३ मा प्रकाशित रासस –निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ ।बाढीका कारण आइतवार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबीसी र श्रीलंका टापु पर्दछ ।रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतवार राति १० बजेसम्म पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले बहाव थोरै घटेर गएको छ ।वस्तीमै बाढी प्रवेश गर्न थालेकाले त्यहाँका बासिन्दालाई राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताए ।तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतवारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट