गृहपृष्ठ ∕ समाचार ∕ कतारमा गाँजा पठाउने समूह पक्राउ कतारमा गाँजा पठाउने समूह पक्राउ दीप संञ्चार भदौ १३, २०७८ गते १९:०७ मा प्रकाशित नेपालबाट कतारमा गाँजा पठाउने समूहलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–१० घर भएका बुद्धिराज पाठक, विष्णु श्रेष्ठ र मोरङ सुन्दरहरैचा नगरपालिका–६ घर भएका कुमार श्रेष्ठ छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जान लागेका बुद्धिराजलाई ब्यूरोले भदौ ८ मा पक्राउ गरेको थियो । ‘ग्यास्ट्रिक हरण चुर्ण’को बट्टाभित्र ८ सय ग्राम गाँजा लुकाएर पाठक कतार हिँडेका थिए । तर, ब्यूरोले उनलाई पक्रेसँगै नेपालबाट गाँजा तस्करी गर्ने समूहबारे थाहा भएको छ ।पाठकलाई उनकै ज्वाई नाता पर्ने चितवनका विष्णु श्रेष्ठले गाँजा दिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जिवन श्रेष्ठले बताए । विष्णुलाई मोरङका ३८ वर्षीय कुमार श्रेष्ठले गाँजा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।कुमारले १७ हजारमा किनेको गाँजा उनीहरुले ८ लाखमा बेच्नेगरी कतार लैजान लागेको प्रहरीलाई बताएका छन् । बुद्धिराज बिदामा नेपाल आएका थिए । बिदा सकेर फर्कंदा उनि गाँजा बोकेर जाँदै थिए ।भदौ १० मा मोरङको बेलबारीबाट पक्राउ गरिएका कुमार पनि विदेश बसेर फर्किएका हुन् । उनले यसअघि १ केजी गाँजा कतारमा लगेर १० लाखमा बेचेको प्रहरीसँग स्विकारेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप