गृहपृष्ठ ∕ समाचार ∕ कतारमा गाँजा पठाउने समूह पक्राउ कतारमा गाँजा पठाउने समूह पक्राउ दीप संञ्चार भदौ १३, २०७८ गते १९:०७ मा प्रकाशित नेपालबाट कतारमा गाँजा पठाउने समूहलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–१० घर भएका बुद्धिराज पाठक, विष्णु श्रेष्ठ र मोरङ सुन्दरहरैचा नगरपालिका–६ घर भएका कुमार श्रेष्ठ छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जान लागेका बुद्धिराजलाई ब्यूरोले भदौ ८ मा पक्राउ गरेको थियो । ‘ग्यास्ट्रिक हरण चुर्ण’को बट्टाभित्र ८ सय ग्राम गाँजा लुकाएर पाठक कतार हिँडेका थिए । तर, ब्यूरोले उनलाई पक्रेसँगै नेपालबाट गाँजा तस्करी गर्ने समूहबारे थाहा भएको छ ।पाठकलाई उनकै ज्वाई नाता पर्ने चितवनका विष्णु श्रेष्ठले गाँजा दिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जिवन श्रेष्ठले बताए । विष्णुलाई मोरङका ३८ वर्षीय कुमार श्रेष्ठले गाँजा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।कुमारले १७ हजारमा किनेको गाँजा उनीहरुले ८ लाखमा बेच्नेगरी कतार लैजान लागेको प्रहरीलाई बताएका छन् । बुद्धिराज बिदामा नेपाल आएका थिए । बिदा सकेर फर्कंदा उनि गाँजा बोकेर जाँदै थिए ।भदौ १० मा मोरङको बेलबारीबाट पक्राउ गरिएका कुमार पनि विदेश बसेर फर्किएका हुन् । उनले यसअघि १ केजी गाँजा कतारमा लगेर १० लाखमा बेचेको प्रहरीसँग स्विकारेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति