गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ टोकियोमा रेलमै गरे एक यात्रुले चक्कु प्रहार, १० घाइते टोकियोमा रेलमै गरे एक यात्रुले चक्कु प्रहार, १० घाइते दीप संञ्चार साउन २३, २०७८ गते १५:२५ मा प्रकाशित जापान –– टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते भएका छन् । प्रहरीले यस घटनाको अभियोगका ३६ वर्षका एक पुरुषलाई हिरासतमा लिएको छ ।यी अभियुक्तले एक महिलालाई खुसी अवस्थामा देखेपछि आफु आक्रोशित भएको र उनीहरुलाई मार्न चाहेको बयान दिएका छन् । यस घटनामा एक छात्रा गम्भिर घाइते भएकी छिन् भने तुलनात्मक रुपमा अन्यको अवस्था केही सामान्य छ ।टोकियोमा यस्ता जघन्य अपराध दुर्लभ मात्र हुने गर्छन् । ओलम्पिक आयोजना भइरहेका कारण पनि अहिले यहाँ सुरक्षा व्यवस्था चुस्त छ । सेईजोगाकुन स्टेशन नजिकै यस्तो दुर्घटना निम्तिएको हो, प्यासेन्टरहरुको चिच्याहट सुनेपछि ड्राइभरले आपतकालिन रुपमा रेल रोकेका थिए ।अनुसन्धानकर्ताहरुका अनुसार यसलगत्तै अभियुक्त ट्रयाकमा हामफालेर कुदे । एक प्रत्यक्षदर्शीका अनुसार मानिसहरुले एक्कासि उनलाई लखेटेका थिए । त्यसक्रममा यी मानिसहरु एउटा डिब्बाबाट अर्को डिब्बामा हामफाल्दै कुद्दै थिए ।ट्रेनका कर्मचारीहरुले त्यसपछि यी अभियुक्तलाई नजिकैको स्टेशनमा भेट्टाए । यता, घटनास्थलमा अभियुक्तको मोबाइल भेटिएको थियो ।क्याटेगोरी : समाचार, जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप