गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ टोकियोमा रेलमै गरे एक यात्रुले चक्कु प्रहार, १० घाइते टोकियोमा रेलमै गरे एक यात्रुले चक्कु प्रहार, १० घाइते दीप संञ्चार साउन २३, २०७८ गते १५:२५ मा प्रकाशित जापान –– टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते भएका छन् । प्रहरीले यस घटनाको अभियोगका ३६ वर्षका एक पुरुषलाई हिरासतमा लिएको छ ।यी अभियुक्तले एक महिलालाई खुसी अवस्थामा देखेपछि आफु आक्रोशित भएको र उनीहरुलाई मार्न चाहेको बयान दिएका छन् । यस घटनामा एक छात्रा गम्भिर घाइते भएकी छिन् भने तुलनात्मक रुपमा अन्यको अवस्था केही सामान्य छ ।टोकियोमा यस्ता जघन्य अपराध दुर्लभ मात्र हुने गर्छन् । ओलम्पिक आयोजना भइरहेका कारण पनि अहिले यहाँ सुरक्षा व्यवस्था चुस्त छ । सेईजोगाकुन स्टेशन नजिकै यस्तो दुर्घटना निम्तिएको हो, प्यासेन्टरहरुको चिच्याहट सुनेपछि ड्राइभरले आपतकालिन रुपमा रेल रोकेका थिए ।अनुसन्धानकर्ताहरुका अनुसार यसलगत्तै अभियुक्त ट्रयाकमा हामफालेर कुदे । एक प्रत्यक्षदर्शीका अनुसार मानिसहरुले एक्कासि उनलाई लखेटेका थिए । त्यसक्रममा यी मानिसहरु एउटा डिब्बाबाट अर्को डिब्बामा हामफाल्दै कुद्दै थिए ।ट्रेनका कर्मचारीहरुले त्यसपछि यी अभियुक्तलाई नजिकैको स्टेशनमा भेट्टाए । यता, घटनास्थलमा अभियुक्तको मोबाइल भेटिएको थियो ।क्याटेगोरी : समाचार, जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने