गृहपृष्ठ ∕ समाचार ∕ नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष दीप संञ्चार साउन १४, २०७८ गते २०:०० मा प्रकाशित नेपाल सनातन धर्म संस्कृति संगठनको अध्यक्ष योगी पुष्पराज पुरुषले साउन १३ गते बुधवार एक विज्ञप्ति मार्फत नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्ने कार्यमा नेपाल सन्त समाजले गर्ने निर्णयलाई अन्तिम निर्णय मान्ने बताएका छन।गत श्रावण महिनाको ३ र ४ गते तनहुँ जिल्लाको देवघाटमा नेपाल सन्त समाजको संरक्षणमा देशका विभिन्न धार्मिक अगुवा एवं गुरुहरुको बैठकले धार्मिक क्षेत्रलाई संगठित गर्न “विश्व ॐकार एकता महाअभियान” सुरू भएको प्रति खुसी व्यक्त गर्दै धार्मिक संगठनले विज्ञप्ति मार्फत स्वागत समेत गरेको छ।धार्मिक संगठनले नेपालको समग्र धार्मिक क्षेत्रको भावना बुझेर धर्म, संस्कृति र परम्पराको रक्षा गर्न सबै धार्मिक संघ संस्थाहरु संगठित हुनुको विकल्प नरहेको भन्दै पटक पटक विभिन्न माध्यमबाट छलफल गर्ने तथा आवाज उठाउने जस्ता कार्य गर्दै आइरहेको छ ।नेपालको समग्र धार्मिक क्षेत्रलाई संगठित हुन नदिने र फुटाउने कार्यमा लाग्ने सम्पुर्ण व्यक्ति वा संगठनहरूको विरुद्धमा खरो रुपमा उत्रिने विज्ञप्ती मार्फत धार्मिक संगठनले बताएको छ । अब हुने धार्मिक एकता तथा आन्दोलनमा कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाहरु तटस्थ बस्न नहुने यदि त्यस्तो पाइएमा संगठनले अध्ययन गरेर अभिलेख राख्ने बताएको छ।धार्मिक कुरा गर्ने तर चरित्र र आचरण धार्मिक नभएका व्यक्तिहरुका कारण धार्मिक क्षेत्र कमजोर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै धर्म निरपेक्ष पक्षधरहरुलाई सहयोग गर्ने,फाइदा पुग्ने कार्य गर्ने र समर्थन गर्ने कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाको विरुद्ध जस्तो सुकै कदम चाल्ने र त्यस्तालाई समर्थन नगर्ने कुरा समेत धार्मिक संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै