गृहपृष्ठ ∕ समाचार ∕ नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष नेपाल सन्त समाजको निर्णयलाई अन्तिम निर्णय मान्ने – योगी पुष्पराज पुरुष दीप संञ्चार साउन १४, २०७८ गते २०:०० मा प्रकाशित नेपाल सनातन धर्म संस्कृति संगठनको अध्यक्ष योगी पुष्पराज पुरुषले साउन १३ गते बुधवार एक विज्ञप्ति मार्फत नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्ने कार्यमा नेपाल सन्त समाजले गर्ने निर्णयलाई अन्तिम निर्णय मान्ने बताएका छन।गत श्रावण महिनाको ३ र ४ गते तनहुँ जिल्लाको देवघाटमा नेपाल सन्त समाजको संरक्षणमा देशका विभिन्न धार्मिक अगुवा एवं गुरुहरुको बैठकले धार्मिक क्षेत्रलाई संगठित गर्न “विश्व ॐकार एकता महाअभियान” सुरू भएको प्रति खुसी व्यक्त गर्दै धार्मिक संगठनले विज्ञप्ति मार्फत स्वागत समेत गरेको छ।धार्मिक संगठनले नेपालको समग्र धार्मिक क्षेत्रको भावना बुझेर धर्म, संस्कृति र परम्पराको रक्षा गर्न सबै धार्मिक संघ संस्थाहरु संगठित हुनुको विकल्प नरहेको भन्दै पटक पटक विभिन्न माध्यमबाट छलफल गर्ने तथा आवाज उठाउने जस्ता कार्य गर्दै आइरहेको छ ।नेपालको समग्र धार्मिक क्षेत्रलाई संगठित हुन नदिने र फुटाउने कार्यमा लाग्ने सम्पुर्ण व्यक्ति वा संगठनहरूको विरुद्धमा खरो रुपमा उत्रिने विज्ञप्ती मार्फत धार्मिक संगठनले बताएको छ । अब हुने धार्मिक एकता तथा आन्दोलनमा कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाहरु तटस्थ बस्न नहुने यदि त्यस्तो पाइएमा संगठनले अध्ययन गरेर अभिलेख राख्ने बताएको छ।धार्मिक कुरा गर्ने तर चरित्र र आचरण धार्मिक नभएका व्यक्तिहरुका कारण धार्मिक क्षेत्र कमजोर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै धर्म निरपेक्ष पक्षधरहरुलाई सहयोग गर्ने,फाइदा पुग्ने कार्य गर्ने र समर्थन गर्ने कुनै पनि धार्मिक व्यक्ति वा संघ संस्थाको विरुद्ध जस्तो सुकै कदम चाल्ने र त्यस्तालाई समर्थन नगर्ने कुरा समेत धार्मिक संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप