गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए मध्यपूर्व उपसंयोजकमा युएईबाट बालकृष्ण मरासिनीको उम्मेदवारी एनआरएनए मध्यपूर्व उपसंयोजकमा युएईबाट बालकृष्ण मरासिनीको उम्मेदवारी दीप संञ्चार साउन ६, २०७८ गते २१:४८ मा प्रकाशित युएई- युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्याक्तित्व बालकृष्ण मरासिनी एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्बारी दिने भएका छन् ।मध्यपूर्व स्थित युएईमा करिब १३ वर्ष वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित व्याक्तित्व हुन् । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय स्याङ्जा समाज, नागरिक सेवा समाज लगायतका सामाजिक संस्थामा काम गरिसकेका मरासिनी विगत केही वर्षदेखि यस गरिमामय संस्था एनआरएनएमा क्रियाशील युवा हुन् ।विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवलाई एनआरएन अभियानमा सदुपयोग गर्न उनले यसपटक मध्यपूर्व उपसयोजंकमा उम्मेद्वारी दिने निर्णय गरेको बताएका छन् ।सन् २००९/२०११ कार्यकालमा एनसिसी सदस्य २०११/२०१३ मा युएई स्थित सारजाह क्षेत्र उपाध्यक्ष्य हुदै २०१३/२०१५ को ऐतिहासिक कार्यकालको प्रवक्ता रहेका मरासिनी २०१७ /१९ को कार्यकालमा उपाध्यक्ष्य रहेर आफ्नो कुशलता देखाइसकेका युवा व्याक्तित्व हुन् ।युएईको एनआरएन अभियानमा लामो कार्यकाल बिताएका मरासिनी आफ्नो अनुभवलाई समग्र मध्यपूर्वका नेपालीहरुको हक़ हीतमा प्रयोग गर्नु नै उम्मेद्वारीको घोषणा गर्नुको मुल कारण रहेको बताउछन् ।लामो समय यस अभियानमा खटिदै यस संस्थाको विधि विधानको पालनमा ईमानदार हुँदै सदैव संस्था प्रति निष्ठावान रही कार्य निर्वाह गर्ने प्रतिबद्धताका साथमा उनले उम्मेद्वारी घोषणा गरेका छन् ।लामो समय एनआरएन अभियानमा समर्पित भएर मध्यपुर्ब उपसंयोजकमा उमेदवारी दिएका मरासिनी आफुलाई आईसीसी पदाधिकारीहरुबाट पूर्ण साथ र समर्थन रहेको बताउँछन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप