कार्यकारिणी समिति विस्तारले महन्थ ठाकुर समूहमै असन्तुष्टि !
काठमाडौं — जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीमा आफ्नो पक्षको बहुमत देखाउनका लागि कार्यकारिणी समिति विस्तार गरेपछि उनी पक्षकै नेता तथा कार्यकर्ताले असन्तुष्टि पोखेका छन् । जसपामा उपेन्द्र यादव पक्ष र ठाकुर पक्षबीच चर्को विवाद रहेको बेला ठाकुर समूहमै पनि कार्यकारिणी समिति विस्तारको विषयमा असन्तुष्टि देखिएको हो ।
जसपाका अध्यक्ष ठाकुरले जेठ ३० गते शीर्ष नेताहरुको बैठकबाट कार्यकारिणी समितिमा १६ जनाको नाम थपेका थिए । त्यसमा अध्यक्ष ठाकुरले आफ्नो पक्षबाट मात्र १० जनाको नाम राखेका छन् भने राजेन्द्र महतो पक्षबाट ६ जनाको नाम राखेका छन् । तर, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवको पक्षबाट कसैको नाम नसमेटिएपछि असन्तुष्टि देखिएको हो ।
जसपा नेपालका केन्द्रीय सदस्य सीपी सिंहले कार्यकारिणी समिति विस्तार गरेर पार्टीमा झन् विवाद बढाउने काम ठाकुरले गरेको प्रतिक्रिया दिए । पार्टी एकताका लागि विवाद चलिरहकै बेला ठाकुरले एकतर्फी रुपमा कार्यकारिणी समिति विस्तार गर्नु राम्रो कार्य नभएको उनको भनाइ छ ।
‘पार्टीमा कुनै पनि निर्णय सर्वसहमतिले गराउँदा राम्रो हुन्छ, एकदुई जना बसेर गरेको निर्णय विवादास्पद हुन्छ’, उनले भने, ‘कसैलाई काखा कसैलाई पाखा गरेर पार्टी चल्दैन ।’
उनले गुटबन्दीका कारण नै यसअघि राजपा चल्न नसकेको स्मरण गर्दै अहिले जसपामा पनि यही रोग सुरु भएको बताए । उनले एकता जोगाउनका लागि गुटबन्दी अन्त्य हुनुपर्नेमा समेत जोड दिए । सिंह राजपा नेपालमा महासचिव थिए । उनलाई जसपामा महन्थ ठाकुर पक्षका नेता मानिन्छ ।
नेता कार्यकर्तालाई सम्मानजनक समायोजन गरी जसपालाई एउटा वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने ठाउँमा नेतृत्व तहबाटै पार्टी, संगठन, नेता कार्यकर्ता कब्जा गर्ने प्रवृत्ति हाबी हुनु दुःखद भएको उनले बताए ।
जसपाको महन्थ ठाकुर पक्षकै अर्का नेता सत्यनारायण मण्डलले पनि कार्यकारिणी सदस्य विस्तार गरेर ठाकुरले राम्रो काम नगरेको आरोप लगाए । निर्वाचन आयोगले भर्खरै कुनै पनि निर्णय दुईजना अध्यक्षको हस्ताक्षरबाट हुन्छ भनेको भएपनि अध्यक्ष ठाकुरले एकतर्फी रुपमा कार्यकारिणी समिति विस्तार गर्नु गैरजिम्मेवार कार्य भएको उनले बताए ।
कार्यकारिणी समितिमा महत्वपूर्ण व्यक्तिहरु छुटेको तथा पार्टीमा निरन्तर लागेको र पूर्व राजपामा पदाधिकारी समेत रहिसकेकाहरुलाई पनि राख्नुपर्ने आवाज पार्टीमा उठिरहेको छ । राकेश मिश्र, संजय यादव, सिपी सिंह, गोविन्द चौधरी, विक्की यादव, राजेन्द्र यादव, शेखर सिंह लगायतलाई समेटिनुपर्ने आवाज पार्टीमा उठिरहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #Rajniti
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस