गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईमा २५६५ औं बुद्ध जयन्ती मनाईयो यूएईमा २५६५ औं बुद्ध जयन्ती मनाईयो दीप संञ्चार जेठ १६, २०७८ गते ०:३९ मा प्रकाशित यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा २५६५ औँ बुद्द जयन्ती मनाईएको छ ।नेपाली समाजको आयोजनामा यूएईमा रहेका बिभिन्न संघसंस्थाहरुले भर्चुअल माध्यमबाट बुद्द जयन्ती मनाएका हुन् । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले संसारभरिका बुद्द धर्मावलम्बीहरुले भागवान बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै मनाउँदै आएका छन् ।बुद्दलाई शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा पनि चिनिन्छ । बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । आयोजित कार्यक्रममा सहभागीहरुले बुद्दका यिनै उपदेशहरुलाई स्मरण गर्दै विश्व शान्तिको कामना गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासका महामाहिम राजदूत कृष्ण प्रसाद ढकालले गौतम बुद्दको बुद्दत्वको बारेमा चर्चा गर्दै विश्वशान्तिको कामना गरे । राजदूत ढकालले भगवान बुद्द एसियाको मात्र तारा नभएर बुद्द धर्मको दर्शन विश्व मानब जातिको शान्तिको मार्गदिशा रहेकोमा जोड दिए ।जनजाति महासंघ यूएईका अध्यक्ष महेश मोक्तानले संसार कोरोना महामारीले अशान्ति रहेको बेला मनमा शान्ति कायम गर्दै यो महामारीसँग जुध्न पर्ने आजको आवश्यकता रहेको बताए । लोभ, लालच, अहिँसा त्यागेर आफुलाई जति धैर्य र शान्तिमय बनायो उत्तिनै कोरोना महामारीसँग जुध्न सहज हुनेमा मोक्तानले जोड दिए। नेपाली समाजका संस्थापक चन्द्र प्रसाद सापकोटाले नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा बुद्दजयन्ती मनाउदै आएकोमा खुशी ब्यक्त गरे । नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकालले महामारीको समस्याबाट जुधिरहेको नेपाललाई दिल खोलेर सहयोग गर्न नेपाली संघसंस्थालाई अनुरोध गरे । कार्यक्रममा बिभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, पत्रकार महासंघ लगायतका संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।संस्थाका महासचिब बेद प्रसाद अर्यालले सँचालन गरेको उक्त भर्चुअल कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ