गृहपृष्ठ ∕ समाचार ∕ अग्नि पिडितलाई कांग्रेसको सहयोग अग्नि पिडितलाई कांग्रेसको सहयोग प्रिया स्मृती गजमेर चैत्र १५, २०७७ गते १०:४० मा प्रकाशित दाङ्ग– लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ।नेपाली कांग्रेस लमही नगर समितिका सभापति शिव प्रसाद चौधरीको सक्रियतामा संकलन भएको ६० हजार बराबरको जस्तापाता लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई प्रदान गरिएको हो । जस्तापाता प्रदान गर्दै क्षेत्रीय सभापति भेषराज पाण्डेले बाढी पहिरो, आगलागी जस्ता प्रकोपबाट पिडित बनेका मानिसहरुको घाउमा मलम लगाउने काम नेपाली कांग्रेसले गर्दै आएको बताए।‘यत्ति जस्तापाताले सबै आगलागी पिडितलाई नपुग्ला तर पनि यो सानो सहयोगले केहि राहत मिलोस भनेर प्रदान गरिएको पाण्डेको भनाई छ। त्यस्तै कांग्रेसका पुर्व महासमिति सदस्य मधु न्यौपानेले नेपाली कांग्रेस हरेक जनताको दुखमा साथ दिने एक मात्र पार्टी भएको बताउदै आपत बिपतमा परेका जनतालाई सहयोग गर्ने बताए। केहि दिन अघि पनि नेपाली कांग्रेसले दाङ्ग र भारतको सिमानाकामा आगलागी पिडितलाई राहत प्रदान गरेको थियो।नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, पुर्व महासमिति सदस्य मधु न्यौपाने, वडा नम्बर ४ का वडा सभापति मनिराम चौधरी, तरुण दल क्षेत्रीय सभापति किरण पौडेल, लमही खानेपानीका कोषाध्यक्ष जंग बहादुर चौधरी लगायतले आइतवार बिहान ढिकपुर गाउँमै पुगेर जस्तापाता प्रदान गरेका हुन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल