सिन्धुपाल्चोकका पहिरो पीडितलाई तामाङ समाज पोर्चुगलद्धारा आर्थिक सहयोग
लिस्वन–तामाङ समाज पोर्चुगलले सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग पठाएको छ । समाजले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबाट रु. एक लाख त्रिपन्न हजार २६० सय साठी संकलन गरी पीडितसमक्ष पठाएको हो ।
जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी मा गत श्रावण ३० गते अविरल बर्षाका कारण पहिरो गएको थियो । पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । ‘यस्तो प्राकृतिक विपद्का बेला पीडित परिवारलाई सहयोग पु¥याउने उद्धेश्यले रकम संकलन गरिएको होे ।’ समाजका अध्यक्ष मिङमार लामाले भने, ‘सानो रकम भएपनि पीडितलाई राहत पुग्ने हाम्रो विश्वास छ ।’
अध्यक्ष लामाका अनुसार संकलित रकम हेलम्बु गाउँपालिका वडा नं ५ का वडा सदस्य फुर्पा लामामार्फत जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङलाई हस्तान्तरण गरिएको छ । उनले अभियानमा साथ दिने सबै सहयोगी मनहरुलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले प्रवासमा रहेपनि जन्मभूमिमा परेका समस्यालाई समाधान गर्नु सबैको दायित्व रहेको बताएका छन् । – जिएनएन
क्याटेगोरी : समाचार, यूरोप
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस