गृहपृष्ठ ∕ समाचार ∕ डिस्चार्ज गरेर घर गएकाहरुको रिपोर्ट पोजेटिभ आए पछि डिस्चार्ज गरेर घर गएकाहरुको रिपोर्ट पोजेटिभ आए पछि प्रिया स्मृती गजमेर जेठ २२, २०७७ गते २१:१२ मा प्रकाशित दाङ – राजपुर गाउँपालिकाको क्वारेन्टाइन बाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएको छ ।राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछी बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठाएको थियो । तर, बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भयो । त्यसपछी कोरोना परिक्षण गरिएको रिपोर्ट नआउदै डिस्चार्ज गरिएको घटना बाहिर आयो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना दिदा भएको त्रुटीले गर्दा समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । ‘क्वारेन्टाइनमा बसेका मध्य ३५ जनाको नमुना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउदा एक सय ५७ जनाकै परिक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछी तीन जना बाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो गाउँपालिकाका अध्यक्ष केसीले भने ।बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित फेला परेको जानकारी आएपछी फेरी हामीले घर घरमा पुगेर ल्याएका छौं ।’ गाउँपालिकाले गम्भिर गल्ती गरेको भन्दै कोरोना संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध समेत गरेका छन् । बिहिबार पुष्टि भएका तीन जना मध्य दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भैरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए ।आज बिहिबार राजपुर–२ निवासी ३४ बर्षिय, वडा नम्बर ३ निवासी २७ बर्षिय र वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट