छात्रालाई यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ
पोखरा – पोखरामा यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ परेका छन् । पोखरा–११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलका सञ्चालक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका हुन् ।
बास्तोलालाई हिजो दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । उनका अनुसार छात्राकी अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरेर कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइएको डिएसपी केसीले जानकारी दिए ।
यसअघि, अमरसिंह माविका शिक्षक उदय पोखरेल पनि आफ्नै विद्यालयकी छात्रालाई यौन हिंसा गरेको अभियोगमा पक्राउ परेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस