गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिप सहितको शिक्षा आजको आबश्यकता -राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष पोख्रेल सिप सहितको शिक्षा आजको आबश्यकता -राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष पोख्रेल प्रिया स्मृती गजमेर पुस १८, २०७६ गते १७:४७ मा प्रकाशित दाङ्ग, राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डाक्टर गोबिन्द पोख्रेलले देशबिकाशको जनशक्ती बिद्यार्थी भएकोले सिप सहितको शिक्षा आजको आबश्यकता भएको बताए ।गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको दोस्रो बार्षिक उत्सबको अबसरमा प्रमुख अतिथिको रुपमा बोल्दै पोख्रेलले प्रसेन्टेज शिक्षा प्रणालीले बिधार्थिहरुको प्रगति हुन नसक्ने बताए । अभिभाबकहरुको कमाईको ठुलो हिस्सा आफ्नो सन्तानको पठन पाठनमा खर्च भएता पनि सिप युक्त शिक्षा नहुदा देशको ठुलो शैक्षिक जनशक्ती बेरोजगार रहेको पोख्रेलले बताए ।त्यसैगरि सानो उमेरमा बिद्यार्थीहरुलाई पठन पाठनको भारभन्दा आफ्ना सन्तानको सिकाई क्षमता बिकाशका लागी अभिभाबकहरुले ध्यान दिन जरुरी रहेको पोख्रेलको भनाई छ । कार्यक्रमका बिशिष्ट अतिथि मनोबिद डाक्टर शुसिल कडेंलले बालबालिकाहरुलाई मोबाईल र टिभि जस्ता बिधुतिय उपकरणबाट टाढा राख्न सकेमात्र बालबालिकाको मानसिक बिकाश भै शिक्षा आर्जनमा सहयोग पुग्ने बताए ।बिधुतिय उपकरणको बढ्दो प्रयोगले बालबालिकाहरुको मस्तिष्कमा नराम्रो असर पार्दे गएको बताउदै अभिभाबकले यसको नियन्त्रण गर्न नसके यसले बालबच्चाको मानसिक स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताए । बिधालयका सिईयो डाक्टर जिबराज आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिधालयका प्रधानाध्यापक लोकमान रिजाले बिधालयले संचालन गरेका शिक्षण सिकाई क्रियाकलाप र गतिबिधिको बारेमा जानकारी गराएका थिए ।गोरखा ग्रुपका नवल जिएमले बिधालयको आगामी बार्षिक योजना तथा नितिको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन शिक्षक हुकुमानन्द पान्डेयले गरेका थिए । सो अबसरमा बिधार्थीहरुले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शनी गरिएको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल