गृहपृष्ठ ∕ समाचार ∕ नयाँ गठबन्धन : प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा चार जना उपप्रधानमन्त्री नयाँ गठबन्धन : प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा चार जना उपप्रधानमन्त्री दीप संञ्चार फागुन २७, २०८० गते १२:२८ मा प्रकाशित काठमाडौँ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । नयाँ बनेको सत्ता समीकरण अनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका बताएको हो ।एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् ।आज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेको हो ।यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आज जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार जना पुगेको हो ।जसपाबाट सरकारमा उपेन्द्र यादव र नवलकिशोर साह थपिएका छन् । साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन् ।उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।उपप्रधानमन्त्रीमा सबैभन्दा शीर्ष वरियता महासेठको रहेको छ । नयाँ समीकरण बनाउनुअघि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्मा दुई जनामात्रै उपप्रधानमन्त्री रहेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल