गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख २५, २०७८ गते ३:४४ मा प्रकाशित नेपाली रक्तदाता संघ कतारले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्था नेपाली रक्तदाता संघ कतारको संयोजनमा कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।कोरोनाका महामारीकाबीच सम्पन्न कार्यक्रममा संघका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरे । कार्यक्रममा बोल्दै नेपाली राजदूतावास कतारका दित्तीय सचिव भट्टराईले रक्तदान पुण्यको कार्य भएको र नेपाली रक्तदाता संघ कतारको कार्य उदाहरणीय रहेको बताए ।संघका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको भित्ते पात्रो प्रदान गरिएको थियो । अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।नेपाली रक्तदाता संघ कतारका अध्यक्ष कटुवालले यस्तो बिषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु भई रक्तदान गर्नु हुने सम्पूर्ण दाताहरू तथा सहयोगी संस्थाहरुलाई धन्यवाद तथा आभार प्रकट गरे ।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागतव्यवसायी संघको संरक्षक र सल्लाहकार समिति गठन, संयोजकमा राजदूत ढकाल…प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलद्वारा भेट,गैरआवासीय नागरिकता…साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण ताजा अपडेट तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न सुनको मूल्य फेरी नयाँ रेकर्ड आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न