गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ सेनाका लागि रुसी हेलिकोप्टर किन्न कसरत सेनाका लागि रुसी हेलिकोप्टर किन्न कसरत दीप संञ्चार वैशाख ५, २०७९ गते ७:४६ मा प्रकाशित काठमाडौँ -युक्रेनमाथि सैन्य कारबाही चलाएपछि रुससँग सिंगो विश्व समुदाय चिढिएको छ। विश्व शक्ति अमेरिकासहित पश्चिमा मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी लगाएका छन्। रुसबाट विश्व बजारमा आपूर्ति हुने पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक वस्तुमा समेत रोक लगाइएको छ।जसले गर्दा विश्व बजारमा महँगी चरमचुलीमा छ। रुसबाट पेट्रोलियम पदार्थ, खाद्य सामग्रीलगायत आयात गर्ने मुलुकलाई पनि शक्ति राष्ट्रहरूले धम्की दिइरहेका छन्। सैन्य सामग्री आयात गर्ने देशले प्रतिबन्ध खेप्नुपर्नेसम्मको धम्की दिइएको छ। विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ ।पाँच वर्षदेखि प्रयासनेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो। त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो। सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए। नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ। रुसले यही कम्पनीबाट एकीकृत रूपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपल्ट राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए।सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो। अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो। रुसी हेलिकोप्टर खरिद गर्दा अमेरिकी सहयोग घट्ने संकेत पाइएपछि नेपाली सेना हच्किएको स्रोतको दाबी छ। त्यहीबेला अमेरिकाले नेपाललाई चार सैन्य जहाज र अन्य सैन्य सामग्री दिने वचन दिएको थियो। त्यसपछि नेपाली सेनाले बहानाबाजी गर्दै खरिद प्रक्रिया टार्दै आएको थियो। यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल