गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ पूजाकोठामा पितृहरूको तस्विर राख्नु ठिक कि बेठिक ? पूजाकोठामा पितृहरूको तस्विर राख्नु ठिक कि बेठिक ? दीप संञ्चार फागुन २३, २०७९ गते ६:२५ मा प्रकाशित जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् ।दिनदिनै पूजापाठ गर्ने हिन्दूहरूले छुट्टै पूजाकोठा बनाउने गरेका छन् । तर केही अबुझ मानिसहरूले देवताका साथसाथै आफ्ना पूर्वजहरूको तस्वीर पनि पूजाकोठामा टांग्ने गरेका छन् ।तर वास्तुशास्त्रका अनुसार पूवाकोठामा पितृपूर्वजहरूको तस्वीर झुण्ड्याउनु हुँदैन । यसो गर्दा परिवारमा अशान्ति र दुर्भाग्य छाउँछ ।हिन्दू धर्मअनुसार मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । अनि आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले त प्राण निस्किएपछि शरीरलाई जलाइन्छ । अब भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्नु त भगवानकै निन्दा हो किनकि भगवानको त जन्म र मृत्यु हुँदैन, पृथिवीमा अवतार र पुनर्गमन मात्र हुन्छ ।वास्तुशास्त्र अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्नुपर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै हुनुपर्छ । मृत पूर्वजहरूको तस्वीर चाहिँ दक्षिण पश्चिमतिर राख्नुपर्छ । यसरी वास्तुक्रममा तस्वीरहरू नराख्दा घरमा अशान्ति बढ्छ अनि आर्थिक संकटको स्थिति आइलाग्छ ।मृत पूर्वजहरूको तस्वीर अर्कै कोठामा राख्नु उपयुक्त हुन्छ ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ