गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन दीप संञ्चार मंसीर ३०, २०८० गते १९:०९ मा प्रकाशित कुवेत। कुवेतका अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । कुवेतको दरबारी मामिला हेर्ने मन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबाहले विज्ञप्ति जारी गर्दै अमिरको निधन भएको जानकारी दिएका हुन् ।‘ठूलो दुख र निराशाका साथ हामी – कुवेती जनता, अरब र इस्लामिक राष्ट्रहरु र मित्रहरु – प्रभुको शरणमा पुग्नुभएका स्व। अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहप्रति शोक व्यक्त गर्दछौँ ।’ मन्त्री शेख मोहम्मद अल सबाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।कुवेती अधिकारीहरुले अमिरको निधनको कारणबारे केही खुलाएका छैनन् । अब उनका सौतेनी भाइ शेख मेशाल अल अहमद अल अबार अल सबाह नयाँ अमिर बन्ने कुवेतका उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद् मामिलाका राज्यमन्त्री इसा अल कन्दारीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।यसअघि सन् २०२० मा सौतेनी दाजु शेख सबाह अल अहमद अल जबार अल सबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएपछि शेख नवाफ कुवेतका नयाँ अमिर बनेका थिए । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ