गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ म्यानमारमा आधा अर्ब डलरभन्दा बढीको लागुऔषध नष्ट म्यानमारमा आधा अर्ब डलरभन्दा बढीको लागुऔषध नष्ट दीप संञ्चार असार १४, २०७९ गते १९:५८ मा प्रकाशित एजेन्सी – म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नस्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरूप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागुऔषध नष्ट गरेका हुन् । लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागुऔषध नष्ट गरिएको हो ।म्यामारमा मेथाम्फेटामाइन र्कीतिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ । लगभग दुई टन हेरोइन र ६३० मिलियन भन्दा बढी याबा मेथ चक्कीहरू म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य सहर र उत्तरमा सान राज्यमा विविध समारोहबीच जलाएर नष्ट गरिएको अधिकारीहरू जनाएका छन् ।राष्ट्रसंघका अनुसार म्यानमारको सान राज्य लागु औषध मेथका लागि दक्षिणपूर्वी एसियाको प्राथमिक स्रोत हो । विद्रोहीको केन्द्र मानिने उक्त राज्यमा बारम्बार हिंसा हुने गरेका छन् । तर, गत वर्ष म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि अपेक्षाकृत रूपमा त्यहाँ कम हिंसा भएको छ ।लागुऔषध नष्टले म्यानमारको अर्बौं डलर बराबरको लागुऔषध उद्योगको बारेमा ‘दशक लामो भ्रम’को प्रतिनिधित्व गर्ने स्वतन्त्र विश्लेषक डेभिड म्याथिसन बताउँछन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #लागुऔषध तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप