Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तराष्ट्रिय समाचारफ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार

फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार


काठमाडौँ –

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनमाथि अण्डा प्रहार भएको छ । सोमबार लियोन भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोनमाथि प्रदर्शनकारीले अण्डा प्रहार गरेका हुन् । सो अण्डा उनको काँधमा लागेर भुईमा खसेर फुटेको थियो ।

सामाजिक सञ्जालमार्फत् भाइरल भैरहेको भिडियोमा म्याक्रोनमाथि भिडबाट एक्कासी अण्डा प्रहार भएको देखिन्छ । लगत्तै सुरक्षाकर्मीले म्याक्रोनलाई सुरक्षा रेखामा राख्दछन् भने अण्डा प्रहार गर्ने पुरुषलाई नियन्त्रणमा लिइएको छ । चुनाव नजिकिँदै गर्दा म्याक्रोन कार्यकर्ता रिझाउन विभिन्न कार्यक्रममा पुगिरहेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस